आज विश्व सरसफाइ दिवस – Kanika Khabar
Sunday, September 20Nepali News Portal

आज विश्व सरसफाइ दिवस

    मा प्रकाशित

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २० मा मनाइने विश्व सरसफाइ दिवस यस वर्ष ‘सफा थालनीदेखि सफा सहरसम्म’ भन्ने नाराका साथ मनाइँदैछ । यस वर्षको अभियानले खाद्य पदार्थको खेरफाल्न रोक्ने, पुनःप्रयोग बढाउने र स्रोतको प्रभावकारी उपयोगमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको सन् २०२४ को प्रतिवेदनअनुसार सन् २०२२ मा विश्वभर घरपरिवार, खाद्य सेवा र खुद्रा क्षेत्रबाट करिब १ अर्ब ५ करोड टन खाद्य पदार्थ खेर गएको थियो ।

विश्वमा ठूलो मात्रामा खाद्य पदार्थ खेर फालिँदा एकातर्फ लाखौँ मानिस भोकमरीको सामना गरिरहेका छन् भने अर्कोतर्फ यसले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन, पानी र जमिनजस्ता प्राकृतिक स्रोतमा थप दबाब पारिरहेको छ ।

खाद्य पदार्थको खेरफाल घटाउने, खानयोग्य खाद्य पदार्थको उपयोग सुनिश्चित गर्ने र जैविक फोहोरको पुनःप्रयोगमार्फत स्वच्छ तथा दिगो सहर निर्माण गर्न यस वर्षको विश्व सरसफाइ दिवसले आह्वान गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्