मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली, काठमाडौँमा बस्ने प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


