वडा नम्बर १२ ले पायो मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधि – Kanika Khabar
Sunday, September 20Nepali News Portal

वडा नम्बर १२ ले पायो मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधि

    मा प्रकाशित

खगेश्वर पौडेल 
असोज ४, घोराह ।

उपमहानगरपालिका क्षेत्र अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको अगुवाईमा संचालन भएको शिक्षक÷कर्मचारी मैत्रीपूण भलिवल प्रतियोगिता २०८३ को उपाधि वडा नं. १२ को मा.वि.हापुर विजौरीले जितेको छ । फाइनल खेलमा वडा नं. १९ को भगवती माध्यमिक विद्यालयलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा माध्यमिक विद्यालय जजरागाँउ (वडा नं. ६), सिद्धरत्म मा.वि. नारायणपुर (वडा नं. १०), माध्यमिक विद्यालय विजौरी (वडा नं. १२), पद्मोदय पब्लिक नमूना मा.वि.(वडा नं. १५), गोरक्ष रत्ननाथ मा.वि. चौघेरा (वडा नं. १७) र भगवती मा.वि. होडवाङ (वडा नं. १९) गरी घोराही उपमहानगरपालिकाका ६ ओटा वडाका विद्यालयहरुले वडागत समूह बनाई सहभागिता जनाएका थिए ।
घोराही क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्माचाहरु कृष्ण वहादुर डाँगी, खड्क वहादुर वली, दिपक वली, देवेन्द्र सिंह ठकुरी र अमृत श्रेष्ठको संयुक्त प्रयासमा आयोजना गरिएको भलिवल प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेयले यस्तो कार्यक्रमको आयोजनाले शिक्षकहरुको विचमा भाईचारा विकास हुनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएको यस्तो कार्यक्रमको निरन्तरताको कामना गर्नु भएको थियो । पाँच जनाको प्रयासमा गरिएको कार्यक्रम सफल भएकोमा बधाई दिँदै, अव संगठित भई कमिटी गठन गरी सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुको लागि समेत खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरि अगाडी वढन सुझाव दिँदै त्यस्ता कार्यमा आफू र घोराही उपमहानगरपालिकाको सदैव सहयोग हुने बताउनु भयो ।
यहि असोज २ गतेदेखि ४ गतेसम्म संचालन भएको कार्यक्रममा रेफ्रीको भुमिका धनमाया बोहोरा र नवराज खत्रीले गर्नुभएको थियो । प्रतियोगिताको माध्यमिक विद्यालय जजरागाँयका शिक्षक विश्वास घर्ति सर्बोत्कृष्ट भलिवल खेलाडी हुनु भएको थियो । प्रतियोगितामा सहभागी वडा, विजेता र उपविजेता टिमलाई प्रमाणपत्र र मेडलबाट सम्मान गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्