घोराही नगर सामुदायिक विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन समिति घोराही गठन – Kanika Khabar
Sunday, September 20Nepali News Portal

घोराही नगर सामुदायिक विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन समिति घोराही गठन

    मा प्रकाशित


असोज ४, दाङ । घोराही उपमहानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी एवं अध्यापनरत शिक्षकहरुको विचमा अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि शिक्षक तथा कर्मचारीहरुको प्रयासमा माध्यमिक विद्यालय हापुर रतनपुरका शिक्षक श्री कृष्ण बहादुर डाँगीको अध्यक्षतामा २४ सदस्यीय“घोराही नगर सामुदायिक विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालन समिति घोराही” गठन गरिएको छ । समितिका उपाध्यक्षमा देवेन्द्रसिंह ठकुरी र धनमाया बोहोरा, सचिवमा खड्क बहादुर वली, सहसचिवमा दुर्लभ श्रेष्ठ, कोषाध्यक्षमा मिनेश श्रेष्ठ रहनु भएको छ भने अमृत श्रेष्ठ, दिपक वली, शक्ति वली, तिलप्रसाद घर्ति, पोषणराज विष्ट, शिव श्रेष्ठ, अर्जुन घिमिरे, केशव खत्री, प्रशुन थापा, जीत बहादुर वि.क., चुनप्रसाद खत्री, शरद विष्ट, नरेश खड्का, कृष्णा वि.क., रुकमान घर्ती, प्रेमवहादुर डाँगी, हेमन्त गौतम र हिमालय शाह सदस्यमा रहनु भएको छ ।
उक्त भेलाले विभिन्न विद्यालयका प्रधानाध्यापकहरु रहेको संरक्षक तथा सल्लाहकार समिति पनि गठन गरेको छ । उक्त समितिमा लोकबहादुर बस्नेत, सेमलाल मल्ल, श्रीमण न्यौपाने, गणेशप्रसाद रिजाल, खिमबहादुर बुढा, जयन्ता घिमिरे, दामोदर बस्नेत, गंगा गौतम, गिरीप्रसाद भट्टराई, प्रदिप के.सी., कमल खड्का, ऋषि अधिकारी र पुस्करनाथ अधिकारी रहनुभएको छ ।
अध्यक्षमा चयन हुनु भएका कृष्ण बहादुर डाँगीले आगामि दिनहरुमा वार्षिक क्यालेण्डर नै निर्माण गरी नियमित रुपमा सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षक र विद्यार्थीहरुको विचमा प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताउनु भयो साथै संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन घोराहीसंग पनि समन्वय गरी संयुक्त कार्यक्रम पनि आयोजना गरिने बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्