आफ्नो अपमान गरेको भन्दै संसद्मै भावुक बनिन् सांसद खतिवडा – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

आफ्नो अपमान गरेको भन्दै संसद्मै भावुक बनिन् सांसद खतिवडा

    मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले छोराको लाससँग संसद पद साटेको भन्दै आफुलाई अपमानित गरिएको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै जेनजी शहिद रसिक खतिवडाकी आमा सांसद खतिवडाले आफुलाई अपमानित गरिएको बताउदै आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गरेकी हुन् ।

उनले भनिन्- ‘छोराको लासमाथि सांसद पद साटेको भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्न आग्रह गर्दछु ।’

संसद्‍मा उभिनु कुनै व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको भन्दै सांसद खतिवडाले जेन्जी आन्दोलनका सहिदहरूले पूर्णरुपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन् । उनले शहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरिन् । आफ्नो सम्बोधनको क्रममा उनी भावुक भएकी थिइन् ।

उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्