खाद्य अनुसन्धान अधिकृतसहित चार जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा दायर – Kanika Khabar
Monday, September 28Nepali News Portal

खाद्य अनुसन्धान अधिकृतसहित चार जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

    मा प्रकाशित

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध २८ लाख २० हजार ३७५ रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

अनुसन्धानका क्रममा अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठले खाद्य आयात अनुमति तथा अन्य सार्वजनिक सेवा सहजीकरण गरिदिने भन्दै विभिन्न बैंक खातामा घुस रकम जम्मा गराएको पुष्टि भएको जनाइएको छ ।

अधिकारीको खातामा १ लाख ३९ हजार रुपैयाँ, बसन्तकुमार बस्याल क्षेत्रीको खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ र सुरेश चौधरीको खातामा २ लाख ६९ हजार रुपैयाँ गरी कुल २८ लाख २० हजार ३७५ रुपैयाँ रकम दाखिला भएको पाइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेको आरोपमा चारै जनाविरुद्ध बिगो तथा कानुनबमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्