दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र २(२) मा क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। क्षेत्रीय सभापतिमा अभियान बस्नेत र सचिवमा भोला बहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन्।
यसैगरी उपसभापतिमा रेशमीराज खड्का तथा सहसचिवमा मार्कण्डेय रेग्मी र पुष्पा डाँगी चयन भएका छन्।
सर्वसम्मत कार्यसमितिको सदस्यमा उमा केसी, मिना भण्डारी, सविता गन्धर्व, संगीत अवस्थी, भिमबहादुर रावत (राजु), जागेश्वर प्रसाद डाँगी क्षेत्री र ओमराज सुवेदी चयन भएका छन्।
त्यस्तै समावेशीतर्फ दलित सदस्यमा विनिता सुनार, आदिवासी जनजातितर्फ तिलाधर श्रेष्ठ तथा खस आर्यतर्फ नमा कुमारी रावत, यज्ञबहादुर थापा र अनिलकुमार बस्नेत सर्वसम्मत चयन भएका छन्।
क्षेत्रीय कार्यसमिति चयन भएसँगै दाङ–२(२) मा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको प्रदेशसभा क्षेत्रीय अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको हो। न


