प्रतिनिधि सभाको बैठक आज, यस्तो छ कार्यसूची – Kanika Khabar
Tuesday, September 29Nepali News Portal

प्रतिनिधि सभाको बैठक आज, यस्तो छ कार्यसूची

    मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान १० बजेबाट सुरु हुनेछ ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले उक्त प्रतिवेदन पेस गर्नेछिन् ।

त्यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक प्रस्तुत गर्नेछन् ।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्