हिमलुङ हिमपहिरोमा थप तीन शव फेला, अझै ९ जना बेपत्ता – Kanika Khabar
Wednesday, September 30Nepali News Portal

हिमलुङ हिमपहिरोमा थप तीन शव फेला, अझै ९ जना बेपत्ता

    मा प्रकाशित

काठमाडौं । मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार खोजी तथा उद्धारका क्रममा अश गुरुङ, सुरज राई र कलाम बुढाको शव निकालिएको हो ।

यससँगै हिमपहिरोमा मृत्यु भएकामध्ये हालसम्म सात जनाको शव निकालिएको छ । अझै ९ जना बेपत्ता रहेका छन् । यसअघि चार जनाको शव निकालिएको थियो ।

आधार शिविर क्षेत्रमा करिब १४ फिटसम्म हिउँ जमेकाले हरेक स्थान हातैले खोतलेर खोजी गर्न कठिन र जोखिमपूर्ण भएको एसोसिएसनले जनाएको छ । अत्यधिक चिसो र अस्थिर हिउँका कारण उद्धार टोलीको काम थप चुनौतीपूर्ण बनेको बताइएको छ ।

हालको अवस्था सुरक्षित नभएकाले खोजी तथा उद्धार अभियान जारी रहेको एसोसिएसनले जनाएको छ । हिउँ र हिमालको अवस्थालाई निरन्तर निगरानी गर्दै सुरक्षित रहेर बेपत्ताको खोजी तथा शव निकाल्ने प्रयास गरिने जनाइएको छ ।

मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्