कस्तो छ आजको मौसम पूर्वानुमान ? – Kanika Khabar
Friday, October 2Nepali News Portal

कस्तो छ आजको मौसम पूर्वानुमान ?

    मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिदै देशभर आंशिक बादल लागेको र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा तथा बागमती र  गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्