तेह्रथुमको म्याङ्लुङमा थप नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, June 27Nepali News Portal

तेह्रथुमको म्याङ्लुङमा थप नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ४, तेह्रथुम
तेह्रथुमको म्याङ्लुङमा थप नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ जना पुरूष र तीन जना महिला गरि नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि हुनेमा जिल्ला अदालतका कर्मचारी, तीनका परिवार र एक जना कानुन व्यवसायी रहेको प्रशासन जनाएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २५, ४९, ४३, ४४, ४३, र ५४ वर्षका पुरुष तथा ३२, ३६ र २५ वर्षका तीन जना महिलामा कोरोना सङ्क्रमण देखिएको हो । एक गते ७४ जनाको नमुना संकलन गरी परीक्षणका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईएको थियो । जसमा नौ जनामा सङ्क्रमण देखिएको र बाँकी ५८ जनामा कोरोना नभएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पहिलो पटक यति धेरैको संख्यामा भाईरस सङ्क्रमण पुष्टि भएपछि प्रशासनले आजबाट लागुहुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्