एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत – Kanika Khabar
Saturday, October 10Nepali News Portal

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत गरेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन् ।

त्यस्तै, स्थायी कमिटी बैठकले बाँकी कार्यसूचीका विषयमा उपयुक्त समयमा पार्टी अध्यक्षले बैठक बोलाएर निर्णय गर्ने पनि टुंगो लगाएको उनले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्