कांग्रेस घोराही–८ द्वारा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई, दसैँ–तिहारको शुभकामना आदानप्रदान – Kanika Khabar
Wednesday, October 14Nepali News Portal

कांग्रेस घोराही–८ द्वारा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई, दसैँ–तिहारको शुभकामना आदानप्रदान

    मा प्रकाशित

दाङ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–८ को आयोजनामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्नुका साथै विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

वडा सभापति ओपेन्द्र खड्काको सभाध्यक्षता तथा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २(२) का सभापति अभियान बस्नेतको प्रमुख आतिथ्यतामा आज आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा दसैँ, तिहारलगायतका चाडपर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र मेलमिलापलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै पार्टीका नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र संगठनात्मक सक्रियता बढाउनुपर्नेमा जोड दिइएको थियो।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सहभागीहरूले पार्टीलाई थप सुदृढ र गतिशील बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच समन्वय, सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमले पार्टीभित्र आपसी सम्बन्ध सुमधुर बनाउनुका साथै चाडपर्वको अवसरमा शुभकामना साटासाट गर्दै संगठनात्मक एकता मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्