पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने – Kanika Khabar
Monday, October 26Nepali News Portal

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने

    मा प्रकाशित

काठमाडौँ । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् ।

३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो ।

नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिएका छन् ।

नवाज सन् २०१६ देखि पाकिस्तानको राष्ट्रिय टोलीमा छन् । उनी पाकिस्तान सुपर लिगलगायत विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा पनि खेलेका छन् । मध्यक्रममा उपयोगी ब्याटिङ र स्पिन बलिङ गर्न सक्ने क्षमताका कारण उनी टोलीका लागि दुवै भूमिकामा उपयोगी मानिन्छन् ।

चितवनले यसअघि पाकिस्तानकै हसन अली, जिम्बाब्वेका सिकन्दर राजा र इंग्ल्यान्डका रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडीलाई पनि टोलीमा समेटेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्