त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड २५ लाख स्वीकृत – Kanika Khabar
Saturday, October 31Nepali News Portal

त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड २५ लाख स्वीकृत

    मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्धारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को बार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि बार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।

बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको व्यावसायिक दक्षता अभिवृद्धी गर्न विभिन्न ९ वटा शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालिन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड २५ लाखको बजेट स्वीकृत गरेको हो  ।

कीर्तिपुर स्थित त्रिभुवन स्मृती भवनको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संचरना,कार्यप्रणाली, आचारंसहिता लगायत अधिकार र कर्तव्य बारेमा अभिमुखिकरण गर्ने; प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिबृद्धी तालिम सञ्चालन गर्ने; नेतृत्व तहका पदाधिकारीहरु,क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालन सम्वन्धी दक्षता अभिबृद्धी गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा विभिन्न अध्ययन संस्थानका डीनहरु, क्याम्पसप्रमुखहरु एवं महाशाखाप्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्