बारा । बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा विवाद हुदा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
विरोधमा स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन् भने प्रहरीको गोली चलाउदा एक जना घाइते भएका छन् ।
भवनमा विद्युत्, खानेपानीलगायतका आधारभूत पूर्वाधारको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए । सोही विषयलाई लिएर विवाद भएपछि कार्यक्रममा गोली चलेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको विरोधका बाबजुद जबर्जस्ती भवन उद्घाटन गर्न खोजेपछि विवाद चर्किएको थियो । घटनामा उनकै निर्देशनमा गोली चलेको आरोपसमेत लागेको छ । अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । घ


