प्रधानमन्त्री शाह र मोदीबीच ‘वान टु वान’ भेटवार्ता – Kanika Khabar
Monday, November 23Nepali News Portal

प्रधानमन्त्री शाह र मोदीबीच ‘वान टु वान’ भेटवार्ता

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टू वान’ भेटवार्ता भएको छ ।

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि दुवै प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका छन् ।

बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री शाह र भारतीय मोदीले संयुक्त रूपमा मिडिया ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्