त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने – Kanika Khabar
Thursday, May 2Nepali News Portal

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने

    मा प्रकाशित

कनिका खबर
भदौं १३, काठमाडौं

त्रिभुवन विश्वविद्यालय त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ ।कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो ।

अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुने छ । उहाँका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्