यस्तो बनोस् अबको मौद्रिक नीति – Kanika Khabar
Friday, April 19Nepali News Portal

यस्तो बनोस् अबको मौद्रिक नीति

    मा प्रकाशित

सामान्य भाषामा भन्नु पर्दा मुद्राको आपूर्तिमा नियन्त्रण गर्नको लागि बनाइएको नीति नै मौद्रिक नीति हो । यस प्रकारको नीति कुनै पनि देशको केन्द्रीय बैंकले निर्माण गर्ने काम गर्दछ । हाम्रो देश नेपालमा नेपाल राष्ट्र बैकले मौद्रिक नीति बनाउने काम गर्दछ । यो नीति आर्थिक वर्षको शुरुवातमै तयार गरिन्छ । मानिसहरुसँग धेरै (आवश्यकताभन्दा बढी)पैसा भएको अवस्थामा बजारमा मूल्य बढ्ने हुँदा माग अनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि बनाइएको नीति नै मौद्रिक नीति हो । बजारमा मुद्राको आपूर्ति बढी भयो भने निश्चित रुपमा महङ्गी बढ्न जान्छ र मुद्रास्फिती ब्यवस्थापन गर्न गाह्रो पर्दछ । उदाहरुणको लागि दिपेन्द्रसँग आवश्यकताभन्दा बढी पैसा भएको अवस्थमा उसलाई मन परेको बस्तु किन्नको लागि जति मुल्य तिर्नु परे पनि किन्न सक्दछ । यस्ता धनी वर्गले बढी रकम तिरेर सामान वा वस्तु किन्दै जाँदा बजारको भाउ स्वतः बढ्न जान्छ । र, गरिबले वर्गले सोही वस्तु सोही मुल्यमा किन्न सक्दैन र मुद्रास्फिती बढ्न जान्छ । यसलाई नियन्त्रण गर्नको लागि मौद्रिक नीति आवश्यकता पर्दछ ।
बैक तथा वित्तिय संस्थाहरु बचत कर्ता (सर्वसाधारण देखि ठूला उद्योगपतिहरु) को रकम वा पैसाको कारोवार गर्ने संस्था हुन जसमा बैक, फाईनान्स कम्पनी र सहकारी सस्थाहरु पर्दछन् । यी संस्थाहरुले राम्रोसँग बचतलाई परिचालन गर्न सकेनन् भने पैसा वचत गर्ने लाई ब्याज दिन सकिदैन् र धेरै पैसा परिचालन भएको अवस्थामा पनि वचत कर्ताले आवश्यक परेको समयमा रकम प्राप्त गर्न सकिदैन अन्ततः यी संस्थाहरु धराशायी हुन सक्छन् त्यसैले यस्तो अवस्थालाई सन्तुलन ल्याउनको लागि मौद्रिक नीतिको आवश्कता पर्दछ । यो नीति नीति मात्र हो जसमा नेपाल राष्ट्र बंैकको मातहतमा रहेको विभिन्न किसिमका बैंक तथा वित्तिय संस्थाहरुको वित्तिय नीति तथा नियमन सम्बन्धि नीति पर्दछन् यस्ता नीतिहरु आवश्यकता अनुसार परिवर्तन गर्दै जानु पर्ने देखिन्छ ।
मौद्रिक नीति निर्माण गर्दा अर्थ मन्त्रालयले लिएको लक्ष्य पूरा हुने किसिमको हुन पर्दछ तर अहिले विश्वभरि फैलिएको कोभिड–१९ को असरले गर्दा अर्थ मन्त्रालयको लक्ष्य प्राप्ती हुने किसिमले निर्माण गर्दा चुनौति सामना गर्ने देखिन्छ । सोहीअनुसार नीति निर्माण भएको खण्डमा नेपालको अर्थतन्त्रमा नराम्रो असर पर्न गई अर्थव्यवस्थामा डामाडोल हुन्छ । अहिले बैंक तथा वित्तिय संस्थाहरुमा करिब २ अर्व बराबरको रकम तरलता देखिएको अवस्था छ भने घरजग्गा तथा विभिन्न व्यवसायमा लगानीको गरको पैसा अझै १० प्रतिशत पनि उठ्न नसकेको अवस्था हो यसलाई व्यवस्थापन गर्न राष्ट्र बैकका गर्भनरलाई नीति निर्माणमा चुनौति देखिन्छ । यसलाई राम्रोसँग व्यवस्थान गर्न सकिएको छैन र सकिएन भने वित्तिय संस्थाहरु डुब्न सक्ने अवस्था नरहला भन्न सकिदैन । त्यसैले राष्ट्र बैकले मौद्रिक नीति निर्माण गर्दा सबै कुरालाई ब्यवस्थापन गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याओस् ।
मौद्रिक नीति तथा कार्यक्रम ल्याउदा विभिन्न कुरामा विचार पु¥याइयोस् :
१.० बैंक तथा वित्तिय संस्थाहरुलाई कुनकुन क्षेत्रमा कति न्युनतम लगानी गर्ने भनेर लगानीको दायरा तोकियोस् ।
२.० उत्पादनमुलक क्षेत्रमा लगानी गर्न बैक तथा वित्तिय संस्थाहरुलाई आकर्षक कार्यक्रम ल्याइयोस् ।
३.० कर्जा प्रदान गर्दा सहुलियत दरमा गरियोस् ।
४.० अर्थव्यवस्था डामाडोल भएको अवस्थामा त्यसलाई उकास्नको लागि ऋणीहरुलाई सकेसम्म राहतदिने खालको नीति ल्याइयोस् ।
५.० रोजगारी सृजना गर्ने र उद्यसशीलताको विकास हुने क्षेत्रमा वित्तिय श्रोतहरु परिचालन गर्ने नीति ल्याइयोस् ।

(लेखक मार्केटिङ र फाइनान्स विषयका प्रध्यापक हुन् ।)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्