आज राष्ट्रिय पत्रकारिता दिवस – Kanika Khabar
Saturday, May 17Nepali News Portal

आज राष्ट्रिय पत्रकारिता दिवस

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २४, दाङ ।

आज राष्ट्रिय पत्रकारिता दिवस परेको छ । गोरखापत्र प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको छ । १९५८ साल बैशाख २४ गतेका दिबाट गोरखापत्र साप्ताहिकका रुपमा प्रकाशन हुन थालेको हो । जयपृथ्वीबहादुर सिंह प्रधान सम्पादक तथा व्यवस्थापक भएर गोरखापत्र प्रकाशनका प्रारम्भ भएको थियो

यसैबिच दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले शुभकामना दिएका छन् । आचार्यले गोरखापत्रको १२० औ वार्षिकउत्सव तथा पाँचौ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै सबै महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । साथै शुभकामना पत्रमा लिखिएको छ, ‘नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार सम्वन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सबै तहका सरकारहरुले पेलेरै एकपक्षीय ढंगले अघि बढ्छु भन्ने सोंच त्याग्न सकोस, सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् ।’

यसैगरी महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले पनि शुभकामना व्यक्त गरेका छन् । गोरखापत्र दैनिकको १ सय २० औ बर्ष प्रबेश तथा नेपालको पत्रकारिता दिवसका अबसरमा सबैलाई शुभकामना व्यक्त गर्दै पत्रकारिताको निरन्तरता संभव छ भन्ने कुरामा नीति निर्माता, लगानीको क्षेत्र तथा समस्त सञ्चारमर्कीहरुमा आजको दिनले थप आत्मबिश्वास जगाओस् र पत्रकारिता क्षेत्र थप आकर्षणको क्षेत्र बनोस् भनेका छन् ।

सरकारले पाँच वर्ष अघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरे सँगै बैसाख २४ आम नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण दिन बनेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्