राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच भएका आज दाङको पिसिआर रिपोर्ट सबैको नेगेटिभ, मन्त्रालयमा २४ घण्टापछि अद्यावधिक हुन्छ दाङ्को रिपोर्ट – Kanika Khabar
Sunday, September 13Nepali News Portal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच भएका आज दाङको पिसिआर रिपोर्ट सबैको नेगेटिभ, मन्त्रालयमा २४ घण्टापछि अद्यावधिक हुन्छ दाङ्को रिपोर्ट

    मा प्रकाशित

कनिका खबर
भदौ १८, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज जाँच गरिएका दाङका सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज लमहीमा संकलन गरिएका २८, प्रतिष्ठानको फिवर क्लिनिक र प्रतिष्ठानको कर्मचारी गरी संकलन गरिएको २८, रोल्पाबाट संकलित ३ जना सबैको स्वाब परीक्षण गर्दा आज नेगेटिभ आएको छ ।
प्रतिष्ठानमा परीक्षण गरिएका रिपोर्ट २४ घण्टापछि मात्र मन्त्रालयमा अद्यावधिक हुने गर्दछन् । आज मन्त्रालयले आफ्नो मिडिया ब्रिफिङमा दाङका ४ जनामा कोरोना पोजेटिभ भनेर तथ्याङ्क सार्वजनिक गरे पनि त्यो संख्या हिजोको परीक्षण रहेको छ । आजको विवरणलाई मन्त्रालयले भोलिको अपडेटमा समावेश गर्ने गर्दछ । यस्तो गर्दा स्वास्थ्य कार्यालय र मन्त्रालयको विवरणमा फरक पर्ने समस्या आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्