गण्डकी प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

गण्डकी प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौं २१, पर्वत
गण्डकी प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा २०, स्याङजामा २२, नवलपरासी बर्दघाट सूस्ता पूर्वमा १३ , तनहुँमा ७, बागलुङमा ३ जना, गोरखामा २ जना र लमजुङमा २ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकामा १४ जना पुरुष र ६ जना महिला सहित कुल २० जना रहेका छन् । स्याङजाको पुतलीबजार नगरपालिकामा १ जना महिला र २१ जना पुरुष सहित २२ जनामा संक्रमण देखिएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वका मध्यबिन्दु नगरपालिकामा ८ जना पुरुष र २ जना महिला, कावासोती नगरपालिकाका २ जना महिला र बुलिङटारका १ जना पुरुष सङ्क्रमित भएका छन् ।

तनहुँको बन्दिपुरका १ जना पुरुष, भानु नगरपालिकाका १ जना महिला र एक जना पुरुष, व्यास नगरपालिकाका १ जना महिला, शुक्लागण्डकी नगरपालिकाका ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बागलुङको काठेखोला गाउँपालिकाका २ जना महिला र १ जना पुरुष, लमजुङको बेशीशहर नगरपालिकाका १ जना महिला र १ जना पुरुष, गोरखाको आरुघाटका १ जना पुरुष र पालुङटारका १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक एबं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्