मर्यादित श्रमको वातावरण निर्माण हुनुपर्छ : मेयर खड्का – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

मर्यादित श्रमको वातावरण निर्माण हुनुपर्छ : मेयर खड्का

    मा प्रकाशित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमजीवीलाई शुभकामना प्रदान गरेका छन् ।
मेयर खड्काले आज शुभकामना सन्देश जारी गर्दै (मे १) सम्पूर्ण नेपाली श्रमजीवीलाई शुभकामना दिएका हुन् ।

मेयर खड्काद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,¬ ‘मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।’ श्रमिक दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने मेयर खड्को विश्वास छ ।

शुधकामना सन्देश मार्फत मेयर खड्काले रोजागारीको सिर्जना, श्रमको सम्मान, उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायत श्रमिकका अधिकार सुनिश्चि गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नतर्फ अग्रसर हुन आह्वान समेत गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्