बस्तीलाई सुरक्षित स्थानमा सारिदिन स्थानीयको माग – Kanika Khabar
Saturday, May 11Nepali News Portal

बस्तीलाई सुरक्षित स्थानमा सारिदिन स्थानीयको माग

    मा प्रकाशित

कनिका खबर
भदौ २६, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ८ तिपेनी बजारका पहिरो पीडितले बस्तीलाई सुरक्षित स्थानमा सारिदिन माग गरेका छन् । पहिरोबाट क्षति भएको बस्तीको निरीक्षणमा पुगेका नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सिन्धुपाल्चोकका नेताहरूसँग स्थानीयले यस्तो माग गरेका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ८ तिपेनी बजारमा गत साउन १८ गते गएको भिषण पहिरोले ३१ घर क्षति भएको थियो । बस्तीलाई अन्यत्र सारिदिन स्थानीय निर्मला धितालले निरीक्षण टोलिलाई अनुरोध गर्नुभयो । टेण्ट भन्दा अरु केहि नभएकोले सुरक्षित बास नहुँदा रातभर अनिदो बस्नु परेको स्थानीयको गुनासो छ । गाउँपालिकाले प्रभावितलाई अस्थायी रुपमा अन्यत्र बसोबासको व्इवस्था गरेको र स्थायी रुपमा सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्