भोक – Kanika Khabar
Monday, July 27Nepali News Portal

भोक

    मा प्रकाशित

समयले भ्रम पकाएर
भोकको थालमा पस्किदिएको छ

पसिनाको दाल
जिम्मेवारीको भात
कर्तव्यको तरकारी( पाकेकै छन्
मेहनतको मासु
हाँसोको चटनी ( बन्दै छन्

ए१ धैर्य गर धैर्य
जङ्गली फूलहरुको सलाद तयार हुँदैछ

केहीछिन मै पुरापुर पाक्नेछ
भोकका लागि मिष्ठान्न भोजन

त्यसपछि
भोक सदा(सदाका लागि अघाउनेछ

सरकारले
भोजनमा अलिकति जहर मिसाइदिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्