गजल – Kanika Khabar
Friday, March 28Nepali News Portal

गजल

    मा प्रकाशित

देशमा बलियाको राज, निर्धाको काजाँई फेरिनुपर्छ ।
देश बदल्न नेता होईन, तिनको सोचाई फेरिनुपर्छ ।।
सामन्तबादको जरा कहाँ उखेलिएको छ र सरकार
सामन्ती हटाउन धनी गरिब बिचको लडाइँ फेरिनुपर्छ ।
रगत एउछै हो हाम्रो तर जात( जातमा लडाइँ देख्छु
यो रोक्न देशको पाठ्यक्रम फेरिनुपर्छ पढाइ फेरिनुपर्छ ।
देशको बिकास गर्छु भन्यौँ सिंहदरबारमा झुण्डीरह्यौँ
ए १ नेता हो तिम्रो यसो(आराम बसाइँ फेरिनुपर्छ ।।
साहस देखाउँ सत्य बोल ए १ नेता हो केही गर
देशको मुहार हिमाल,पहाड, तराई फेरिनुपर्छ ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्