नगरप्रमुख पाण्डेद्वारा संविधान दिवसको शुभकामना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नगरप्रमुख पाण्डेद्वारा संविधान दिवसको शुभकामना

    मा प्रकाशित

कनिका खबर
असोज ३, तुलसीपुर ।
संविधान दिवसको अवसरमा दाङस्थित तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना दिएका छन् । शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले समावेशी लोकतन्त्र, संघीय गणतन्त्र, संविधानवाद र बहुदलबादको सृदृढिकरण गर्दै समाजवाद र समृद्धिको यात्रामा अगाडी वढ्ने हौसला मिलोस् भन्ने उल्लेख गरेका छन् ।
संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै मुलुकलाई संघीय व्यवस्थातर्फ लैजान उल्लेखनिय भुमिका रहेको शुभकामना सन्देशमा लेखिएको छ । ‘नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले सबै समुदाय, वर्ग,जाति, धर्म लगायतको मर्मलाई आत्मसाथ गर्न सफल भएको छ ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
संविधानको मर्म अनुसार स्थानीय सरकारमा सबै अधिकार प्रत्यायोजन हुन नसकेको भन्दै संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका बारेमा स्पष्ट कानुनी व्यवस्था हुन आवश्यक रहेको उल्लेख गर्दै संघीयताको पूर्ण कार्यान्वयन नै संविधानको सफलता भएको शुभकामना सन्देशमा लेखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्