डा केसीसँग तत्काल वार्ता गर्न काँग्रेसको माग – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

डा केसीसँग तत्काल वार्ता गर्न काँग्रेसको माग

    मा प्रकाशित

कनिका खबर
असोज ३, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीका जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै डा केसी जुम्लामा अनसन बसेको एक साता बित्दा पनि सरकारले वार्ताको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिइएको उल्लेख गर्नुभएको छ । २०७५ सालको साउन १० मा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गर्दै काँग्रेसले इमानदार वार्ता र सार्थक कार्यान्वयनका लागि सरकारसमक्ष माग गरेको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, नोवेल कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनमा बस्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्