आईपीएलमा किङ्स इलाभेन पन्जाबको पहिलो जीत – Kanika Khabar
Friday, April 19Nepali News Portal

आईपीएलमा किङ्स इलाभेन पन्जाबको पहिलो जीत

    मा प्रकाशित

एजेन्सी ।
किङ्स इलाभेन पन्जाबले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । राहुल, यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । नेट रनरेटको आधारमा, पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ ।
बैंगलोर भने २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । आज चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स्बीच प्रतिस्पर्धा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्