नेपालमा काेराेना सङ्क्रमणकाे सङ्ख्या १ सय ९ पुग्याे – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपालमा काेराेना सङ्क्रमणकाे सङ्ख्या १ सय ९ पुग्याे

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २७, दाङ ।
नेपालमा थप सात जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पुष्टि सङ्ख्यासँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १ सय ९ पुगेको हो ।
आज बिहानको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ जनामा पुष्टि भएको हो ।

Image may contain: text

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुर, कपिलवस्तु र पर्सामा गरी थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नयाँ भेटिएका संक्रमितहरु उदयपुरमा ३, कपिलवस्तुमा ३ र पर्साका १ जना छन् । स्वास्थ्यकर्मीको सम्पर्कमै रहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्