राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी, अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय – Kanika Khabar
Friday, February 14Nepali News Portal

राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी, अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय

    मा प्रकाशित

कनिका खबर्

असोज १२, दाङ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार तीन अध्यादेश जारी गरेकी छिन्  ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनु पर्ने लगायत अन्य कडा प्रावधान राखिएको छ । त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्