महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुनेमा राष्ट्रपति भण्डारीको जोड – Kanika Khabar
Saturday, April 27Nepali News Portal

महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

    मा प्रकाशित

कनिका खबर
असोज १६, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको कोभिड–१९ महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताउनुभएको छ । महिलासम्बन्धी चौथो विश्व सम्मेलनको पच्चीसौं वार्षिकोत्सव बेइजिङ –२५ को अवसरमा आयोजित उच्चस्तरीय बैठकमा आज भर्चुअल माध्यमबाट नेपालका तर्फबाट सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । संयुक्त राष्ट्र संघ यूएनको ७५ औं महासभाको अवसरमा न्युर्योकबाट सञ्चालन भएको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले असमानताको जोखिमलाई अझ बढाएको धारणा राख्नुभयो । न्युर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवम महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी रहेको औंल्याउनुभएको छ । सो उच्चस्तरीय सम्मेलनको मूल नारा ‘सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाऔं’ रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्