बढ्दै गर्मी, छैन तत्काल पानी पर्ने सम्भावना – Kanika Khabar
Monday, May 6Nepali News Portal

बढ्दै गर्मी, छैन तत्काल पानी पर्ने सम्भावना

    मा प्रकाशित

दाङ, १४ वैशाख ।

दाङलगायत देशभर दिनानुदिन गर्मी बढ्दै जान थालेकाे छ । हिजाे दाङमा अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियस प्रक्षेपण गरिएको थियाे भने आज्ञ दाङमा अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस रहने प्रक्षेपण गरिएको छ ।

एकातिर दिनानुदिन गर्मी बढ्दै गएकाे छ भने अर्काेतिर तत्काल पानी नपर्ने सम्भावना रहेकाे माैसमविद्हरूले जनाएका छन् ।

मौसमविद्हरूका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।

आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशका विभिन्न ठाउँमा फैलिएको आगो निभाउने र प्रदूषण हटाउने गरी ठूलो पानी पर्ने सम्भावना भने छैन ।

अहिले प्रि–मनसुन अवधिमा पानी नपर्दा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ । दिउँसोपख चल्ने हावाहुरीले डढेलो झनै फैलने गरेको छ ।

आज पनि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । पछिल्ला केही दिनदेखि तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्