छिन्नलता पुरस्कार– २०८० लोकप्रिय युवा पुरस्कार भूपु पाण्डेकाे पिरैपिरलाई – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

छिन्नलता पुरस्कार– २०८० लोकप्रिय युवा पुरस्कार भूपु पाण्डेकाे पिरैपिरलाई

    मा प्रकाशित

no-imageदाङ, १४ वैशाख ।
छिन्नलता गीत पुरस्कार गुठीले विक्रम सम्वत् २०८० को लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिर : झट्ट हेर्दा हजुर जिन्दगी दामी छ ) गीतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै छिन्नलता गीत पुरस्कार गुठीले विक्रम सम्वत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभवलाई प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिएका छन् । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सिर्जनालाई प्रदान गर्ने निर्णय भएको छ ।

२०७९ सालदेखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ । ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्