धृतराष्ट्र देवी – Kanika Khabar
Friday, March 13Nepali News Portal

धृतराष्ट्र देवी

    मा प्रकाशित

कानको ढोका
उदाङ्गो पारेर बसेकी
धृतराष्ट्र देवी!!!
तिम्रो पसलको तराजुमा
कौरवहरु किन पाण्डव भन्दा गर्हुङ्गा छन् रु
संजयले किन गलत दुरसंचारको
सूचना प्रवाह गर्दैछरु
ऊ त्यहाँ हेर त१ कुरुक्षेत्रको युद्धमैदानमा,
जिउँदै जलाइदै छ
अन्यायको चितामा।
मलाई हेर्नु छैन
यो महाभारत
जसमा कृष्णको पात्रलाई हटाइएको छ।
हे न्यायमुर्ती!
मलाई देउ तिम्रो त्यो आँखामा बाँधेको कालो पट्टी
मेरा नेत्र तिमीलाई दान गर्छु
आएर धर्मकाँटाको सन्तुलन मिलाऊ ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्