रुकुम घटनामा मारिएका नवराज विककी ‘प्रेमिका’लाई थुनामुक्त गर्न अदालतको आदेश रुकुम – Kanika Khabar
Sunday, September 13Nepali News Portal

रुकुम घटनामा मारिएका नवराज विककी ‘प्रेमिका’लाई थुनामुक्त गर्न अदालतको आदेश रुकुम

    मा प्रकाशित

कनिका खबर

असाेज २७

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा मारिएका नवराज विककी प्रेमिका भनिएकी युवतीलाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदातलले जिल्ला अदालतको आदेश उल्टाएको हो। ती युवतीसहित करिब तीन दर्जन स्थानीयविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र छुवाछुतलगायत कसुरमा मुद्दा दर्ता भएको थियो। रुकुम जिल्ला अदालतले प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बालबालिका ऐनअनुसार मुद्दा पुर्पक्षका लागि सुधार गृह पठाउने आदेश गरेको थियो ।

जाजरकोटबाट प्रेमिका लिन १९ जना युवासहित चौरजहारी पुगेका नवराजसहितलाई स्थानीयले लखेटेका थिए। घटना भएकै दिन नवराजको शव खोलामा भेटिएको थियो। त्यसको केही दिनमा थप पाँच जना युवाको शव भेटिएको थियो। नवराजकी प्रेमिका भनिएकी युवतीका परिवारको योजनामा घटना भएको प्रहरीको निष्कर्ष थियो।

उच्च अदालतले घटनास्थलमा ती युवती नभएको र आमाले भनेपछि मात्र घटनाबारे थाहा पाएकाले जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको जनाएको छ। अदालतले खोजेका बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो। यस घटनामा दुई दर्जन आरोपी मुद्दा पुर्पक्षका लागि कारागारमा छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्