हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव – Kanika Khabar
Monday, September 21Nepali News Portal

हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी ओसारपसारका लागि हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव दिएको छ । केन्द्रले सरकारलाई बुझाएको आफ्नो १८ औँ वार्षिक प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । शाखा अधिकृत भन्दामाथिका सबै कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने र नयाँ भर्ना हुने कर्मचारीलाई हलुका सवारी चालक अनुमतिपत्र अनिवार्य गर्दा आर्थिक मितव्ययिता कायम गर्न सहज हुने सुझाव दिइएको केन्द्रका सचिव डा. ऋषिराम शर्माले सीआइएनसँग बताउनुभयो । गत वर्षमा जम्मा एक हजार १ सय ७५ उजुरीमध्ये ७ सय ८१ वटा उजुरी पर्छयौट भएका केन्द्रले जनाएको छ । जसमध्ये १ सय ६४ वटा उजुरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्