काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण – Kanika Khabar
Friday, May 1Nepali News Portal

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, काठमाडौं
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ हजार १०७ जना पुरुष रहेका छन् भने ७८१ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि शुक्रबार ९हिजो० काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० गरी जम्मा १६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार चार हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

२४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्