कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गराइने – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गराइने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, काठमाडौं
सरकारले चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुरूप पठनपाठन गराउन निर्देशन दिएको छ । केही निजी विद्यालयले पुरानो संकाय प्रणालीमा भर्ना लिएर पठनपाठन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई अनुगमन गर्न समेत आग्रह गरेको छ । विद्यार्थीको मूल्याङ्कन (परीक्षा) समेत नयाँ पाठ्यक्रमका आधारमै हुने भएकाले विद्यालयले नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने मन्त्रालयका प्रवक्ता दिपक शर्माले  बताउनुभयो । निजी विद्यालयले पुरानै पाठ्यक्रमका आधारमा शैक्षिक गतिविधि अघि बढाएपछि विद्यार्थी र अभिभावक अन्यौलमा परेकाले सरकारले निजी विद्यालयलाई फेरी दोस्रो पटक सचेत गराएको हो । आगामी वर्ष कक्षा १२ मा पनि नयाँ पाठ्यक्रम लागू हुने मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्