संस्कृतिको लय भुलेकालाई लयमा ल्याउने काम ग¥यो लकडाउनले : गायिका सिर्जु अधिकारी – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

संस्कृतिको लय भुलेकालाई लयमा ल्याउने काम ग¥यो लकडाउनले : गायिका सिर्जु अधिकारी

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ३१ दाङ ।
कोभिड १९ को महामारीबाट यतिबेला विश्व नै समस्यामा परेको छ । हरेक क्षेत्र महामारीको मारमा छन् । शिक्षा, अर्थ, कला, गीत सङ्गीत, उद्योग, व्यापार सबै सबै क्षेत्र प्रभावित बनिरहेका छन् । हामीले अझैं कोभिड १९ को सामना कति गर्नु पर्ने हो त्यसको कुनै टुङ्गो नै छैन ।
यतिबेला सबैले आआफ्नो क्षेत्रबाट आआफ्नो जिम्मेवारी तथा कर्तव्य निभाइरहेका छन् साथै दायित्व बहन गरिका छन् ।

कलाकारहरु सामाजिक कार्यका साथै रचनात्मक तथा सिर्जनात्मक कार्यमा लागिरिहेका छन् । कसले कहाँ के गरिरहेको छ, कनिका टिमले फ्लो पनि गर्दै आएको छ । आजको कनिकाको फ्लोमा परेकी छिन् गायिका तथा मोडेल सिर्जु अधिकारी । लकडाउनको समयमा गायिका सिर्जु अधिकारी के गर्दै छिन् त ? भन्ने विषयमा कनिकाले फ्लो गरेको छ ।

सधै सङ्गीतका धुन र लयमा दैनिकीलाई व्यस्त राख्ने सिर्जुको आजभोलिको दैनिकी फेरिएको छ । क्यामेराको फोकसमा एक्सन, कट, ओकेमा समय व्यतित गरिरहेकी सिर्जुको दैनिकीमा आजभोलि न त कुनै एक्सन कट छ न त कुनै ओके छ । कनिकाको फ्लोमा उनी मुस्कुराउँदै भन्छिन्, ‘‘साँच्चै म त रिल लाइफबाट रियल लाइफमा आएको छु अहिले, रियल लाइफको मजा लिने अवसर पाएको छु ।’’
यद्यपि लकडाउने जीवनको रुटिनमा विचलन त ल्याएको छ नै, थुपै्र प्रोजेक्टहरु पेन्डिङमा बसेका छन् , आर्थिक तथा सिर्जनाको क्षेत्रमा धेरै ठूलो असर पारेको छ नै तैपनि यो बेलाको समय धैर्यका साथ लकडाउनको प्रभावकारी रुपमा पालना गरेर आफू बच्ने र अरुलाई पनि बचाउने घडिमा हामी सबै रहेको बताउँचिन् सिर्जु ।


गायिका पछि नायिकाको रुपमा देखिएकी सिर्जु स्रोताको मनमा गुञ्जिएपछि दर्शकका नयनमा आक्रमण गरेर मस्तिष्कमा विराजमान भएकी हुन् । अहिलेकी चल्तीकी गायिका मात्र होइनन् उनी डिमान्डकी मोडेल पनि हुन् । लकडाउनसँगै जोडिएर उनले भनिन्, ‘‘संस्कार र संस्कृतिका लय भुलिरहेका हामीलाई लकडाउनले लयमा फर्काइदिएको छ, यतिबेला हामीले घर, परिवार, इष्टमित्र, आफन्ती, साथीभाइको महत्व र आवश्यकता बुझ्ने मौका पायौँ ।’’
लकडाउनले दैनिक जीवनमा केही परिवर्तन ल्याएको बताउँदै सिर्जुले थपिन्, ‘‘रिल लाइफसँगको साक्षात्कारमा अल्पविराम लागेको छ यतिबेला तर सङ्गीतका धुनमा आवाज भर्ने काम भने छिटफुट रुपमा भइरहेको छ ।’’ भोलि बिहीबार मात्रै अहिले राष्ट्रियतासँग जोडिएको लिपु लेकसँग सम्बन्धित जागरण र चेतानाको गीतमा आवाज भर्दैछिन् । ‘‘कलाकारले उठाउने आवाजमा हामीले आफ्नो दायित्व निर्वाह गर्नबाट पछि हट्न हुँदैन, हामीले गीत सङ्गीतको माध्यमबाट चेतनाको अभियान थाल्ने हो, खबरदारीको आवाज बोल्ने हो ।’’ सिर्जुले जोडिन् । अमृत खाँतीको शब्द सङ्गीतमा रहेको प्रस्तुुत गीतमा सिर्जु अधिकारी, अमृत खाँती, राजा राजेन्द्र पोख्रेल र अनु अधिकारी लगायतले स्वर दिदैछन् ।


लकडाउनको समयमा राहत वितरणका साथै सङ्गीत साधनामा लागिरहेको सिर्जुले बताइन् । लकडाउनको समयले सबैलाई सकसमा पारेको बताउँदै सिर्जुले भनिन्, ‘‘ यो समयलाई सदुपयोग गर्नुपर्छ, यतिबेला हामी आत्तिन हुँदैन, धैर्य भएर सचेत रहने र अरुलाई पनि सचेत बनाउनुपर्छ । सिर्जनात्मक तथा रचनात्मक काम गरौँ ।’’ अन्त्यमा उनले मिठो मुस्कानमा थपिन्, ‘‘सधै म्युजिकको ट्रयाकमा हुन्थेँ, आजभोलि जिन्दगीको ट्रयाकमा छु ’’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्