बाँसगढीमा प्रहरीद्धारा लोकल रक्सी नियन्त्रण अभियान – Kanika Khabar
Friday, January 23Nepali News Portal

बाँसगढीमा प्रहरीद्धारा लोकल रक्सी नियन्त्रण अभियान

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, बर्दिया

बर्दियाको बाँसगढी क्षेत्रमा प्रहरीले लोकल रक्सी नियन्त्रण अभियान थालेको छ । बजार तथा गाँउहरुमा सजिलै पाईने लोकल रक्सी सेवनले अवैध गतिविधि बढ्ने गरेकाले ईलाका प्रहरी कार्यालय बाँसगढीले लोकल रक्सी नियन्त्रण अभियान थालेको हो । लोकल रक्सी नियन्त्रण अभियान अन्तरगत बाँसगढी, ककौरा, लक्ष्मणा, माछागढ र कतर्निया बजार क्षेत्रका पसलहरुमा बेच्नलाई तयार पारि राखिएको झण्डै २ सय लिटर लोकल रक्सी बरामद गरि आज नष्ट गरिएको छ । बर्दियाको बाँसगढी बजारका विभिन्न पसलहरुबाट १ सय ५० लिटर, माछागढ क्षेत्रबाट ४५ लिटर अवैध लोकल रक्सी बरामद गरिएको थियो । बरामद गरिएको लोकल रक्सी प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापा, बाँसगढी नगरपालिका प्रतिनिधी, पत्रकार लगायतको रोहवरमा प्रहरी कार्यालयमा नष्ट गरिएको हो । सबै ठाँउमा सहज र सस्तो मुल्यमा पाईने लोकल रक्सी सेवनले विभिन्न खाले अवैध गतिविधि धेरै हुने भएकाले लोकल रक्सी नियन्त्रण गर्न थालिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापालले बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्