बाँसगढीमा प्रहरीद्धारा लोकल रक्सी नियन्त्रण अभियान – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बाँसगढीमा प्रहरीद्धारा लोकल रक्सी नियन्त्रण अभियान

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, बर्दिया

बर्दियाको बाँसगढी क्षेत्रमा प्रहरीले लोकल रक्सी नियन्त्रण अभियान थालेको छ । बजार तथा गाँउहरुमा सजिलै पाईने लोकल रक्सी सेवनले अवैध गतिविधि बढ्ने गरेकाले ईलाका प्रहरी कार्यालय बाँसगढीले लोकल रक्सी नियन्त्रण अभियान थालेको हो । लोकल रक्सी नियन्त्रण अभियान अन्तरगत बाँसगढी, ककौरा, लक्ष्मणा, माछागढ र कतर्निया बजार क्षेत्रका पसलहरुमा बेच्नलाई तयार पारि राखिएको झण्डै २ सय लिटर लोकल रक्सी बरामद गरि आज नष्ट गरिएको छ । बर्दियाको बाँसगढी बजारका विभिन्न पसलहरुबाट १ सय ५० लिटर, माछागढ क्षेत्रबाट ४५ लिटर अवैध लोकल रक्सी बरामद गरिएको थियो । बरामद गरिएको लोकल रक्सी प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापा, बाँसगढी नगरपालिका प्रतिनिधी, पत्रकार लगायतको रोहवरमा प्रहरी कार्यालयमा नष्ट गरिएको हो । सबै ठाँउमा सहज र सस्तो मुल्यमा पाईने लोकल रक्सी सेवनले विभिन्न खाले अवैध गतिविधि धेरै हुने भएकाले लोकल रक्सी नियन्त्रण गर्न थालिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापालले बताउनु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्