कनिका खबर
कार्तिक २७, काठमाडौँ ।
काठमाडौँको कलङ्कीमा ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ३ जनाको न्यान गएको हो । ।
कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र सोही ठाउँका अर्का एक जना नाम नखुलेको प्रहरीले जनाएको छ ।
मृतक तीनै जना कुखुरा बोकेको ट्रकको भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएका छन् ।


