नेकपा सचिवालय बैठक आज बस्दै – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

नेकपा सचिवालय बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौं
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक आज बस्दैछ । महासचिव विष्णु पौडेलले सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले केही दिनअघि महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच सचिवालय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन पटकपटक माग गर्दै आएका थिए । तर, अर्का अध्यक्ष ओलीले यसअघि सचिवालय बैठक सडकमा हिँड्दाहिँड्दै भन्दा पनि आवश्यकता र विधिअनुसार बस्ने व्यवस्था रहेको बताउनुभएको थियो । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट, सरकारका पछिल्ला कामकारबाहीका कारण सत्तारुढ नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह सन्तुष्ट छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्