गजल – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

गजल

    मा प्रकाशित

सके ज्यान अर्पिन्छु गद्धार हुन्न
भरोसा बिना घर र संसार हुन्न

हुनेछैन ईश्वरको आभास कहिल्यै
जहाँ पाहुनामाथि सत्कार हुन्न

खडेरी परेको छ के भो नभन्नू
हिजोआज मेरो नि व्यापार हुन्न

खिया लाग्न सक्छ चलनमा नआए
नकाट्ने कुनै बस्तु औजार हुन्न

ऊ हेर्दैछ तिम्रो कटेरो जलेको
भनेको थिएँ त्यो बफादार हुन्न

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्