सुधारिएको चुलो पाउँदा स्थानीय खुसी – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

सुधारिएको चुलो पाउँदा स्थानीय खुसी

    मा प्रकाशित

कालीबहादुर थापा
कार्तिक २९, हुम्ला ।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर १ ले २३५ वटा सुधारिएको चुल्हो वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्य अनुसार गाउँपालिकालाई आगामी तीन वर्ष भित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजना अनुसार चुल्हो वितरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर १ ले वडाका सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको चुल्हो वितरण गरेको वडा नम्बर १ का वडा अध्यक्ष रग थापाले जानकारी दिए ।
अदानचुली गाउँपालिका १ नम्बर वडा कार्यालय, खानोपनी, सिंचाई तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा आफ्नो वडाभित्र रहेका तीन गाउँका प्रत्येक घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरेकोे हो । काठमाडौंमा तयार भएका चुल्हो काठमाडौबाट नेपालगञ्ज सुर्खेत हुँदै बाजुरोको स्थलमार्गबाट बुधबार वडामा पुगे लगत्तै सबै घुधुरीलाई बोलाएर बितरण गर्न सुरु गरी तीन दिन लगाएर बितरण गरिएको वडाले जनाएको छ । पहिलो पटक वडाका सबै नागरिकलाई पुग्ने गरेर सुधारिएको धुँवा रहित चुल्हो वितरण भएपछि स्थानीय खुशी भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्