देशभर १६ लाख पीसीआर नमुना परीक्षण – Kanika Khabar
Sunday, January 18Nepali News Portal

देशभर १६ लाख पीसीआर नमुना परीक्षण

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, काठमाडौँ ।
नेपालमा हालसम्म १६ लाख भन्दा बढी नागरिको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर गरी १६ लाख २ हजार ६ सय ३ पीसीआर परिक्षण भएको हो । ती मध्ये कोरोना सङ्क्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा १हजार ९ सय ४६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १हजार ९ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा २ हजार ५ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार यो सँगै कोरोना निको हुनेको संख्या १ लाख ७० हजार ६ सय३२ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १हजार २ सय १५ पुगेको छ । १ हजार ५७ जना भने क्वारेन्टाइनमा छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्