३४ वर्षपछि फरार अभियुक्त पक्राउ – Kanika Khabar
Saturday, January 17Nepali News Portal

३४ वर्षपछि फरार अभियुक्त पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३० नवलपरासी ।
३४ वर्षपछि एक परार अभियुक्त पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका हुन् ।

जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले विसं २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार तोकिएको १० वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्