नारायणपुर उद्याेग वाणिज्य संघकाे पाँच पदमा दुई समूहकाे उम्मेदवारी , बाँकी पदमा निर्विरोध – Kanika Khabar
Saturday, May 18Nepali News Portal

नारायणपुर उद्याेग वाणिज्य संघकाे पाँच पदमा दुई समूहकाे उम्मेदवारी , बाँकी पदमा निर्विरोध

    मा प्रकाशित

दाङ, २३ वैशाख ।
नारायणपुर उद्याेग वाणिज्य संघकाे नवाैं अधिवेशनमा पाँच पदमा दुई समूहकाे उम्मेदवारी परेकाे छ । अध्यक्ष, उद्याेग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, सचिव र काेषाध्यक्षमा दुई समूहकाे उम्मेदवारी परेकाे हाे ।

अनिल बस्नेतकाे नेतृत्वमा रहेकाे समूहका महासचिव, महिला सदस्य र सदस्यहरू निर्विरोध चयन भएका छन् । सर्वसम्मत चयन हुनेहरूमा महासचिवमा जागेश्वरप्रसाद डाँगी (विष्णु ), महिला सदस्यमा पुष्पा डाँगी र सदस्यहरूमा सदस्यमा यज्ञ थापा, नवराज लम्साल, सुरेन्द्र आचार्य , गणेश भण्डारी र टेकराज शर्मा निर्विरोध चयन भएका छन् । बस्नेतले नेतृत्व गरेकाे समूह सर्वसम्मत कार्यसमिति चयन गर्न बनेकाे समितिले निर्माण गरेकाे हाे । समितिले सर्वसम्मत कार्यसमिति चयन गरे पनि अर्काे एक पक्षले पाँच पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

बस्नेतले नेतृत्व गरेकाे समूहमा अध्यक्ष अनिल बस्नेत, उद्याेग उपाध्यक्षमा बसन्त न्याैपाने, वाणिज्य उपाध्यक्षमा कुलराज खनाल, सचिवमा मीना भण्डारी, काेषाध्यक्षमा नारायण भट्टराई रहेका छन् ।
अर्काे समूहकाे नेतृत्व लिलाधर शर्मा (बिट्टु)ले गरेका छन् । जसकाे अध्यक्षमा लिलाधर शर्मा (बिट्टु), उद्योग उपाध्यक्षमा धरम बस्नेत,
वाणिज्य उपाध्यक्षमा सनतकुमार आचार्य, सचिवमा तिलक भण्डारी र काेषाध्यक्षमा बसन्त बस्नेत रहेका छन् । यद्यपि काेषाध्यक्ष पदका उम्मेदवार बसन्त बस्नेतकाे उम्मेदवारीमा दाबीविराेध परेकाे छ । संघकाे विधान अनुसार कार्यसमितिकाे उपाध्यक्षदेखि सदस्यसम्मकाे उम्मेदवार हुनका लागि संघकाे सदस्यता लिएकाे कम्तीमा पनि एक वर्ष पूरा भएकाे हुनुपर्ने छ । तर, बस्नेतले यही वर्ष मात्र संघकाे सदस्यता लिएका छन् । दाबीविराेध सही ठहरे काेषाध्यक्ष पद पनि निर्विरोध हुने छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्