बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर २, सुनसरी ।
धरानमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको हो ।
सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सुनसरीको बराह नगरपालिका– ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो । सोमबार नै भर्ना भएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आषिश श्रेष्ठले जानकारी दिए ।

यस्तै तेह्रथुमकी २० वर्षीया महिलाको पनि सोमबार मृत्यु भएको छ । महिलालाई आइतबार कोरोना पोजेटिभ देखिएको थियो । मृतक महिलामा पनि कुनै दीर्घ रोगको समस्या नभएको श्रेष्ठले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्