अल्जेरिया सन् २०२२ मा हुने अफ्रिका कप अफ नेसन्समा छनोट – Kanika Khabar
Saturday, January 17Nepali News Portal

अल्जेरिया सन् २०२२ मा हुने अफ्रिका कप अफ नेसन्समा छनोट

    मा प्रकाशित

एजेन्सी ।
साविक विजेता अल्जेरिया सन् २०२२ मा आयोजना हुने अफ्रिका कप अफ नेसन्समा छनोट भएको छ । गएराति भएको खेलमा जिम्बावेसँग २–२ गोलको बराबरीमा रोकिएपनि अल्जेरिया अफ्रिका कप अफ नेसन्समा छनोट भएको हो ।जिम्बावेको मैदानमा एन्डी डेलोर्टले ३३ औं मिनेटमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा रियाद महरेजले गोल गर्दा अल्जेरिया २–० ले अघि रह्यो ।तर, खेलको ४५ औं मिनेटमा नलेज मुसोनाले गोल गर्दै जिम्बावेलाई २–१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ८२ औं मिनेटमा प्रिन्स डुबेले गोल गर्दै जिम्बावेलाई २–२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाएका हुन् । जिम्बावेसँग बराबरीमा रोकिएपनि समूह एचको अल्जेरियाले ४ खेलमा १० अंक जोड्यो । अल्जेरिया तालिकाको शीर्ष स्थानमा समेत रहेको छ ।जिम्बावे ४ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्